भारतमा थप ३६ हजारमा कोरोना संक्रमण पुष्टि
  • CIA Khabar

  • काठमाडौँ । भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार ३५ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १९ लाख ६९ हजार ५५८ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ९ हजार ३२७ जना संक्रिय संक्रमित छन् ।

    यस्तै त्यहाँ एकैदिन ४४७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २८ हजार ३३९ पुगेको छ ।

  • २५ श्रावण २०७८, सोमबार ०८:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images