विश्वमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४३ लाख नाघ्यो
  • CIA Khabar

  • काठमाडौँ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ लाख नाघेको छ ।

    पछिल्लो २४ घण्टामा ७ हजार ९०८ जनाको मृत्यु भएसँगै सोमबार बिहानसम्म ज्यान गुमाउने संक्रमितको संख्या ४३ लाख ६ हजार ९०८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४ लाख ६९ हजार ९४२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको २० करोड ३४ लाख ४ हजार ४३४ पुगेको छ ।

    यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९५ हजार ९९६ छ । पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड २७ लाख ३ हजारभन्दा बढी छ ।

    होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ६३ लाख ९४ हजार ४०७ छ । यसमध्ये ९८ हजार ८९७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

  • २५ श्रावण २०७८, सोमबार ०८:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images