काँग्रेसका युवा नेता तिवारीद्वारा नगर सभापतिमा उम्मेदवारी घोषणा
  • CIA Khabar

  • कपिलवस्तु ।काँग्रेसका युवा नेता गंगेशनाथ तिवारीले नेपाली काँग्रेस पार्टीको आसन्न चौधौं महाधिबेशन अन्र्तगत जिल्लाको महाराजगंज नगरपालिकाको नगर सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । हाल नगर सचिव रहेका चर्चित युवा नेता तिवारीले शसक्त काँग्रेस बनाउने अभिप्रायको साथ काँग्रेसको नगर सभापति पदमा उमेदवारी दिने तयारी अगाडी बढाएको बताए । ढेड दशक यता सामाजिक अभियन्ताको रुपमा छुट्टै छवी बनाएका तिवारीले पार्टीलाई संसदिय निर्वाचन क्षेत्र नम्बर २ र सो को प्रदेशसभा १ मा शसक्त बनाउन समेत महत्वपुर्ण योगदान दिदै आएका छन । नगर सभापति पदमा आकाक्षा राखेका तिवारीले आफु सबैको साझा उम्मेदवारको रुपमा प्रस्तुत हुने बताए । जिल्ला र क्षेत्रका अग्रज नेताहरुको सुझाव र मार्गदर्शन अनुसार आफु अगाडी बढ्दै पार्टीको तल्लो तह देखीकै संरचनामा बलियो बनाउन तत्पर रहने उनको प्रतिबद्धता छ ।
    २०७४ को निर्वाचनमा प्रदेशसभा २ को १ मा पार्टीबाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने टुङ्गो लाग्ने बेला अन्तिम समयमा तिवारीले टिकट पाउन सकेका थिएनन । आफ्नो बिगतको योगदान र त्यागलाई पार्टीका हरेक क्रियाशिल सदस्यले मुल्याङ्कन गर्नेमा नेता तिवारी बिश्वस्त छन । “हरेक कार्यकर्ताको समस्या समाधानका लागि आवाज उठाउदै आएको छु । नगर सभापति पदमा आए सगै कार्यकर्ताका मुद्दा थप शसक्त रुपमा उठाउन सहयोग मिल्ने छ ।” युवा नेता तिवारीले भने । तिवारीले नगर सभापतिमा उम्मेदवारी घोषणा गरे सगै पार्टीका आम कार्यकर्तामा भने उत्साह छाएको छ ।
    कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितीको संयोजकको भुमिकामा रहि वनको पहुँचमा नरहेका टाढाको उपभोक्तालाई वनपैदावारको सहज आपुर्ति गराउने बिषयमा उनको अगुवाईलाई उदाहरणीय रुपमा लिने गरिएको छ । तिवारीकै संयोजकत्वमा रहेको साझेदारी वनले सदरमुकाम दक्षिणका वनबाट टाढा रहेका उपभोक्ताको अधिकार सुनिश्चित गराउदै वनको अधिकार सम्पन्न उपभोक्ता बनाउन भुमिका खेलेको छ । वन अतिक्रमण हटाएर देशमै नमुना बनेको उनी नेतृत्वको साझेदारीले दुई बर्ष अघि राष्ट्रपति पुरस्कार समेत पाएको थियो ।

  • ९ आश्विन २०७८, शनिबार ०९:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images