जय बुद्धको दशै विशेष नृत्य प्रतियोगितामा रुपन्देही र दाङका कलाकारले समेत लिए भाग , १० टिमले प्रतिस्पर्धा गर्ने ।
  • कमल बिष्ट

  • कपिलवस्तु । जय बुद्ध सामाजिक युवा क्लब शिवराज नगरपालिका १ बेलौती कपिलवस्तुले बिजया दशमीको अवसरमा आयोजना गर्न लागेको खुल्ला नृत्य प्रतियोगितामा १० नृत्य टोलीले प्रतिस्पर्धामा भाग लिने भएका छन् , प्रतियोगितामा दाङ , रुपन्देही लगायतका जिल्ला बाट समेत उत्कृष्ट डान्स ग्रुपले सहभागिता जनाउने भएका छन् साथमा स्थानीय कला केन्द्र र कलाकारहरुले समेत बेजोड प्रस्तुतिको तयारी गरीरहेको आयोजकले जनाएको छ ।

    बिगतका वर्षहरुमा क्लबले गर्दै आएको विविध सास्कृतिक कार्यक्रम लाई निरन्तरता दिदै यस वर्ष १४ औं सास्कृतिक कार्यक्रमको आयोजना गरी खुल्ला नृत्य प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष तिलकबहादुर पुनले जानकारी दिनुभयो ।

    नृत्य प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गर्ने लाई नगद रु २० हजार त्यसैगरी द्वीतीय हुने लाई नगद रु १० हजार र तृतीय हुनेलाइ नगद रु ५ हजार साथमा आकर्ष ट्रफि र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव केशर थापाले जानकारी दिनुभयो । प्रतियोगिले संस्कृति र सन्देश झल्काउने नृत्य प्रस्तुत गर्नुपर्ने जनाउदै कम्तीमा ४ जनाको समुहमा र ४ मिनेटको गितमा नृत्य प्रस्तुत गर्नुपर्ने आयोजकले जनाएको छ ।

    कार्यक्रम यही असोज २७ गते बेलुका ७ बजे बाट बेलौतीमा अवस्थित दुर्गा मन्दिरको प्राङ्गणमा सुरु हुनेछ भने कार्यक्रम लाई जय बुद्धको अफिसियल फेसबुक पेज बाट लाइभ प्रसारण गरिने आयोजकले जनाएको छ ।

  • १९ आश्विन २०७८, मंगलवार १४:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images