कपिलवस्तुमा झाडापखालाको प्रकोप, दुई जनाको मृत्यु, सयौँ बिरामी
  • CIA Khabar

  • कपिलवस्तु । को कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरको वडा नं। ७, ८, ९ मा गए रातिदेखि बान्तासँगै झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको हो ।

    स्थानीय शिवराज अस्पताल बहादुरगन्जमा हिजो रातीदेखि उपचारको लागि आउनेको संख्या बढेको अस्पतालका डाक्टर मुकेश चौधरीले बताए । अहिले अस्पतालमा ५२ जना भर्ना रहेका छन् भने ७ जनालाई थप उपचारको लागि रिफर गरिएको चौधरीले बताए ।

    नगरपालिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।

    प्रकोपका कारण दुई जनाको ज्यान गएको छ भने सयौँ बिरामी अस्पताल भर्ना भइरहेका छन् । कृष्णनगर ९ का ५ वर्षीय राज काश्यप र कृष्णनगर ८ का ४० वर्षीय राप्रसाद केवटको स्थानीय क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै सञ्चारकर्मी मनिस गुप्ताले बताए । स्थानीय क्लिनिकमा पनि बिरामीको चाप रहेको स्वास्थ्य शाखाले जनाएको छ । अहिलेसम्म विभिन्न गाउँका दुई सयभन्दा बढी मानिसहरू बिरामी परेको बताएका छन् ।

    चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको स्वास्थ्यकर्मीहरूको भनाई छ । यस समयमा स्थानीयहरूले दूषित पानीमा माछा मार्ने र त्यतिकै खाँदा बिरामी बढेको हुन सक्ने अनुमान रहेको छ । झाडापखालाको महामारी फैलिएसँगै जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको टोली बहादुगंञ्ज पुगेको छ ।

  • १९ आश्विन २०७८, मंगलवार १४:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images