महाधिवेशन प्रतिनिधिमा पूर्व मन्त्री लक्ष्मण घिमिरे पराजित
  • CIA Khabar

  • रामेछाप । नेपाली काँग्रेस रामेछापको १४ औं महाधिवेशनमा रामेछापवाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार बनेका पूर्व मन्त्री लक्ष्मण प्रसाद घिमिरेले लज्जास्पद हार व्यहोर्नु परेको छ ।
    महाधिवेशन प्रतिनिधि पदका लागि शनिवार र आइतवार सदरमुकाम मन्थलीमा भएको निर्वाचनमा होमिएका नेपाल सरकारका पूर्व मन्त्री, नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य एवं नेपाली काँग्रेसका पूर्व प्रमुख सचेतक लक्ष्मण प्रसाद घिमिरे पराजित हुन पुगेका हुन् । घिमिरेले जम्माजम्मी ४ सय ३० मत प्राप्त गरेका थिए ।
    घिमिरेलाई पराजित गर्दै १४ औं जिल्ला अधिवेशनवाट भारि मत ल्याएर निर्वाचित हुनेहरुमा अर्जुन केसी ७६०, भरत चौलागाई ७३१, रामचन्द्र खड्का ६८८, ध्रुबहरी ढुंगेल ६५२ मत प्राप्त गरि निर्वाचित भएका छन् । त्यसैगरी निर्वाचित हुनेहरुमा रत्नवहादुर कार्की ६२२, युवराज भट्टराई ५९९, आङटावा शेर्पा ५३४, विरवहादुर तामाङ्ग ५३२, रत्नहरि ढुगेल ५२८ र झपडराज भण्डारीले ५२१ मत ल्याएर निर्वाचित भएका छन् ।
    रामेछापमा रहेर लामो समयदेखी नेपाली काँग्रेसको सक्रिय राजनिति पछि घिमिरे बिगत केही वर्षदेखी राजनितिमा निस्किय भएर राजधानी काठमाण्डौंमा बस्दै आएका थिए । काँग्रेसको १४ औं जिल्ला अधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि जितेर राजधानी फर्किने मनस्थिती बनाएर आएका घिमिरे रित्तो हात फर्कन वाध्य भएका छन् ।

  • २० आश्विन २०७८, बुधबार १५:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images