भोलिबाट पर्व लक्षित कोभिड खोप अभियान थाल्दै काठमाडौँ महानगर
  • CIA Khabar

  • काठमाडौँ- काठमाडौँ महानगरपालिकाले दशैँ पर्व लक्षित गरेर १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

    भोलिदेखि सुरु हुने कार्यक्रम २४ गते अपरान्हसम्म सबै वडाबाट चल्नेछ । यो पहिलो डोज लिनेका लागि हो ।

    जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरकाअनुसार स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने/गराउने अनुरोधसँगै १८ बर्ष माथिका सबैका लागि ३ दिने खोप कार्यक्रम चलाउन लागेका हो । कुँवरकाअनुसार खोप लिन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जानु पर्नेछ ।

    महानगरका ३२ वटा खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसुति तथगा स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लिन सकिनेछ ।

  • २१ आश्विन २०७८, बिहीबार २०:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images