ललितपुर महानगरले सोमबारदेखि ५० शैय्याको आइसोलेसन सुरु गर्ने
  • CIA Khabar

  •  

    ललितपुर । ललितपुर महानगरपालिकाले चिकित्सक, नर्स र अक्सिजन कन्सन्टेटर ( अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन) सहितको आइसोलेसन सेन्टर सोमबारदेखि सुरु गर्ने भएको छ ।
    ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनको अध्यक्षमा आइतबार बसेको बैठकले नेपाल युथ फाउन्डेसनको पोषण पुनस्र्थापना गृहमा ५० शैय्याको आइसोलेसन सेन्टर सुरु गर्ने निर्णय गरेको हो ।

    नेपाल युथ फाउन्डेसन, पाटन अस्पताल लगायत अन्य रिफरल अस्पताल र महानगरबीच सोमबार त्रिपक्षीय सम्झौता गरी औपचारिक रुपमा आइसोलेसन सेन्टर सुरु गर्ने महानगरप्रमुख महर्जन बताए ।
    अघिल्लो वर्ष उक्त गृहमा महिला र बालबालिकाका लागि क्वारेन्टिन संचालन गरिएको थियो । पोषण पुनस्र्थापना केन्द्र महानगरको वडा नं २६ स्थित सुनाकोठीमा रहेको छ ।

    यसैगरी महानगरको वडा नं ४ बागडोलस्थित ज्यापु समाजको एक सय १० शैय्याको वृद्धाश्रम पनि आइसोलेसन सेन्टरका लागि तयार अवस्थामा रहेको छ । नगरप्रमुख महर्जनले नगरवासीको स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै कोभिडको दोस्रो लहरबाट नागरिकलाई जोगाउन महानगरले कुनै कसर बाँकी नराख्ने बताए । उनले भने, ‘ज्यापु समाजसँग पनि छलफल भइरहेको छ , त्यहाँ अहिले जेष्ठ नागरिक बस्नु भएको छैन , आवश्यक पर्ने बित्तिकै वृद्धाश्रम प्रयोग गर्न सकिन्छ ।’ उनले महानगरले संचालन गरेका आइसोलेन सेन्टर उत्कृष्ट हुने दाबी गर्दै कोभिड पोजेटिभले उत्कृष्ट सेवा प्राप्त गर्ने बताए ।
    उपप्रमुख गीता सत्यालले नागरिकको स्वास्थ्य र सुरक्षा महानगरको पहिलो प्राथमिकता भएको बताउँदै निजी अस्पतालसँग पनि महानगरले छिट्टै छलफल गर्ने तयारी गरेको जानकारी दिइन् ।

    No description available.
    बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरको स्रोत र साधनले भ्याएसम्म आइसोलेसन सेन्टरलाई सुविधा सम्पन्न बनाउने बताए ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत लिलाराज आचार्यले कोभिडका बिरामीले अस्पतालको शैय्या भरिएको बताए । पाटन अस्पतालले कोभिड बिरामीका लागि ५० शैय्या थप्ने तयारी गरेको जानकारी दिए ।
    ललितपुर महानगरले आइसोलेसन सेन्टरमा मेडिकल कन्सल्ट्यान्ट, दुई जना मेडिकल अफिसरकोे व्यवस्था गर्ने ललितपुर महानगर कोभिड फोकल पर्सन देवी थापा गुरुङले जानकारी दिइन् । त्यसैगरी महानगरले गृहका रहेका अन्य मेडिकल स्फाटहरुलाई तालिमको व्यवस्था गर्ने जनाएको छ ।

    नेपाल युथ फाउन्डेसनका अध्यक्ष सोम पनेरुले यो आइसोलेसन सेन्टरलाई कोभिड पोजेटिभ देखिएका बिरामीलाई अस्पताल जानु पर्ने अवस्था आउनु अघिसम्म र अस्पतालको उपचारपछि पूर्ण रुपमा निको हुनुभन्दा अघिको समयसम्म राख्न सकिने बताए ।

    बैठकमा ललितपुर महानगरका प्रवक्ता राजु महर्जन, वडा नं २७ का वडा अध्यक्ष बाबुराज महर्जन, वडा नं २६का अध्यक्ष सुरेश महर्जन लगायत थिए ।

  • १९ बैशाख २०७८, आईतवार १६:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images