मुख्यमन्त्रीमा केसीको दाबी गर्दै ४२ सांसदको हस्ताक्षर
  • CIA Khabar

  • कपिलबस्तु । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन्। आइतबार प्रदेशसभाका ४२ सांसदले गरेको हस्ताक्षर प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेटेर लिखित निवेदन दिएका हुन्।

    नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा नेपाललगायतका सांसदले आफ्ना पक्षमा ४२ सांसद रहेको दाबी गर्दै अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठन रोक्न माग गर्दै आफ्नो दाबी पेश गरेका हुन्।

    ८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वली (खत्री) ले नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोजेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ ।

    यस्तै नेकपा एमालेका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि हस्ताक्षर गरेका छन्। श्रीवास्तव र शाही सूर्य चिन्ह लिएर चुनाव लडेको भए पनि उनीहरू हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ता समूहबाट आएका हुन्।

    िउनीहरूले आफूलाई स्वतन्त्र राजनीतिक समूहको रूपमा चिनाउने गर्छन्। संसदीय दलको बैठकमा उपस्थित भए पनि उनीहरूले माइन्यूटमा हस्ताक्षर नगर्ने गरेको धर्मबहादुर लाल श्रीवास्तवले बताए।

    संघीय संसदमा रहेका त्रिपाठी र गुप्ताले पनि आफूहरूलाई स्वतन्त्र राजनीतिक समूहको रूपमा चिनाउने गर्छन्।

  • १९ बैशाख २०७८, आईतवार १७:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images