बेलझुण्डी अस्पतालमा अक्सिजन अभावले ४० बिरामीको ज्यान जोखिममा
  • CIA Khabar

  • दाङ । अक्सिजन अभावका कारण दाङको कोरोना अस्पताल बेलझुण्डीमा उपचाररत ४० बिरामीको ज्यान जोखिममा पुगेको अस्पताल प्रशासनले जनाएको छ।

    अस्पतालका ब्यवस्थापक द्रोर्ण वलीका अनुसार हाल अस्पतालमा ५९ जनाले उपचार गराईरहेकोमा ४० जना अनिवार्य अक्सिजन चाहिने बिरामी छन्। तर अक्सिजन अभाव भएसँगै उनीहरु जोखिममा परेको हुन्।

    ‘हामीले हिजोनै अक्सिजन सकिएको कुरा अवगत गराउँदै मागेका थियौं,’ व्यवस्थापक वलीले  भने, ‘तर, यतिबेलासम्म अक्सिजन आइनपुगेकाले ४० बिरामीको ज्यान जोखिममा परेको हो।’

    उनले आफूहरू भगवान भरोसामा बसेकोसमेत बताए। उनले बिरामीको अवस्था दर्दनाक रहेको र त्यो पीडा भन्न सक्ने अवस्थामा आफू नरहेको बताए। उनले केही बेर अगाडि मात्रै घोराहीका एक संक्रमितको अक्सिजन अभावले मृत्यु भएको बताए।ि‘मैले सिडियो सा’पलाई बिहान ८ बजे नै पुनः खबर गरेको थिएँ, यस्तै भयो भने हामी सामुहिक समवेदना लेख्नुपर्ने हुनुसक्छ, अक्सिजन छिटो ल्याउन भन्नुहोस्,’ वलीले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको विषयबारे भने, ‘बिरामी जति पनि भर्ना गर भन्ने तर अक्सिजन नभए हामीले के गर्नेरु’

    बिरामीको गाउँ घरमा मृत्यु हुँदा दोष नेता र जनप्रतिनिधिलाई जाने भएपछि जवरजस्ती अस्पतालमा बिरामी हुल्न लगाएर अस्पताललाई दोष लगाउने षडयन्त्र भइरहेको वलीले आरोप लगाए।

    ‘बेड संख्या बढाउ भन्ने हामीलाई नेता र जनप्रतिनिधिले जसरी पनि भर्ना गर भनेर दबाब दिन्छन् तर अक्सिजन बिना हामीले बिरामी कसरी बचाउने होरु’ उनले प्रश्न गरे।

    यसैबीच तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले हाल आफूसँग उपलब्ध १७ वटा सिलिण्डर १५ मिनेट भित्रै बेलझुण्डी पुर्‍याइसक्ने  बताए।

    ‘मलाई अक्सिजन अभाव भयो भन्ने खबर आउनासाथ मसँग भएका सबै सिलिण्डर तत्काल गाडीमा राखेर पठाउँदै छु,’ मेयर पाण्डेले भने।

    दाङमा अक्सिजन उत्पादन गर्ने प्लान्ट नभएको हुँदा बाँकेबाट सिलिण्डर किनेर ल्याउँनुपर्ने बाध्यता छ।

  • १९ बैशाख २०७८, आईतवार १७:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images