शंकर पोखरेलले नांगो नाच देखाए : शंकर गिरी
  • CIA Khabar

  • कपिलबस्तु । लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसद शंकर गिरीले शंकर पोखरेलले विधि, विधान र कानुन मिचेर नांगो नाच देखाएको आरोप लगाएका छन्। मुख्यमन्त्रीका रूपमा शंकर पोखरेललाई पुनः नियुक्ति गरिनु संवैधानिक कू समान रहेको उनले बताए।

    ‘४३ जना सांसद हामी यहाँ बसेका छौं। ३७ सांसदबाटै आफूलाई कसरी मुख्यमन्त्री घोषणा गर्न मिल्छ,’ प्रदेश सांसद गिरीले भने, ‘योभन्दा नांगो नाच अरू के हुन सक्छरु’ अहिले आफूहरू ४३ जना सांसद प्रदेश प्रमुखको कार्यकक्षमा रहेको समेत उनले बताए।

    ‘हाम्रो यो उपस्थिति देख्दा देख्दै पनि उहाँलाई जबरजस्ती फेरि मुख्यमन्त्रीका रूपमा नियुक्ति दिने हो भने यो भन्दा दूर्भाग्य अरू केही हुन सक्दैन,’ गिरीले भने, ‘नीति नियम विधि विधान केही नमान्ने र देशलाई अराजकता तिर धकेल्ने सूचक हो यो।’

    उनले पोखरेलको कदम असंवैधानिक कू भएको आरोप लगाए।

    ‘हामी ४३ जना मान्नेहरू प्रदेश प्रमुखको कार्यकक्षमा धर्ना दिइरहेका छौं,’ गिरीले भने, ‘३७ जना मान्नेको समर्थन रहेको व्यक्तिलाई मुख्यमन्त्रीका रूपमा सपथ खुवाउनेभन्दा डरलाग्दो अर्को कुरा राजनीतिमा केही हुन सक्दैन।’

    उनले तत्काल प्रदेशसभा बैठक बोलाएर प्रदेशसभाबाटै अहिलको परिस्थितिको छिनोफानो गरिनुपर्ने बताए। ‘एकछिनमा बैठक बस्ने अनि सपथ खाने यो त हिटलरी शैली भयो नि,’ गिरीले भने।

    गिरीजस्तै नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने अर्का प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले पनि शंकर पोखरेलको कदम असंवैधानिक र राजनीतिक अराजकताको पराकाष्टा भएको बताए।

  • १९ बैशाख २०७८, आईतवार १७:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images