कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन
  • CIA Khabar

  • कैलाली । दोस्रो संविधानसभाकी सदस्य रबनी चौधरीको कोरोना संक्रमणका कारण अस्पताल नपुग्दै निधन भएको छ । उनलाई आइतबारमात्र संक्रमण पुष्टि भएको थियो ।

    लम्कीचुहा नगरपालिका- ६ की चौधरीलाई उपचारका लागि धनगढी लैजाने क्रममै निधन भएको नेकपा एमालेका सांसद झपट रावलले बताएका छन् ।

    २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद भएकी चौधरी २०७४ सालको निर्वाचनमा एमालेका कैलाली क्षेत्र नम्बर २ का सभासद मोहनसिंह राठौरसँगै नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन् ।

  • १९ बैशाख २०७८, आईतवार १८:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images