फेसबुकको नाम अब मेटा
  • CIA Khabar

  • काठमाडौँ – फेसबुकले कम्पनी नाम परिवर्तन गरेको छ ।

    फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरवर्गले बिहीबार कम्पनीक्व् नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेका हुन् ।

    मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम परिवर्तन गरिएको उनले बताए । ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन।’ कम्पनीको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने, ‘हाम्रो ब्रान्ड यति दृढ रुपमा एउटा उत्पादनसँग सम्बन्धित छ की यसले हामीले आज गरेका सबैकुरा प्रतिनिधित्व गर्न सम्भव हुँदैन । यो सबै भविष्यलाई छोड्दिउँ,।

    फेसबुकको लक्ष्य डिजिटल अवतारमार्फत मानिसहरुले छलफल गर्ने भर्चुअल क्षेत्रलाई विस्तार गर्ने भए पनि कम्पनीले तत्कालै आफ्नो कार्पेरेट संरचनामा भने कुनै परिवर्तन नगर्ने भएको छ ।

    कम्पनीले आफ्नो टिकर संकेत एमभीआरएसमा व्यापार गर्ने भएको छ । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ ।

  • १२ कार्तिक २०७८, शुक्रबार ११:२० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images