सुन्दर जिवनका लागि सकारात्मक सोच लिनुपर्नेमा सहभागीको जोड
  • CIA Khabar

  • पाल्पा –
    पाल्पाको रामपुरमा भएको सुगन्ध सोचको सकारात्मकता, नेतृत्व, समाजसेवा सम्बन्धी कार्यक्रमका सहभागीले सुन्दर जिवनको लागि सकारात्मक सोच राख्नुपर्नेमा जोड दिएका छन् ।
    वि लभ पिपल र सोच समुह पाल्पाको संयुक्त आयोजना, रामपुर नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मनलाई दृढ बनाउदै चेतन मनको बिचार र अबचेतन मनलाई कसेर लक्ष्य प्राप्तिमा लाग्न आग्रह गर्नुभयो । काम गर्नु अघि सोच कस्तो हुन्छ, त्यसैमा भरपर्छ त्यसैले सोचको विकास सकारात्मक भयो भने सफलता मिल्नेमा उहाँले जोडदिनुभयो ।


    सकारात्मक जिवनको लागि सोच सँगै कर्म गर्नुुपर्नेमा जोड दिदै सामाजिक अभियान्ता सपना रोका मगरले कमजोर अबस्थाबाट निक्नेर पनि राम्रो गर्छु केही न केही गर्छु भन्ने सोचले आफुलाई सफलता मिलेको बताउनुभयो । रोका मगर बिबिसी ले सन् २०२० मा निकालेको विश्वका १०० प्रतिभाशाली महिलामा नेपालबाट छनौट हुनुभएको थियो । उहाँले काठमाडौं लगायतका स्थानमा भेटिएका बेवारिसे शब जलाउने काममा सक्रिय रहनुभएको थियो । संघर्ष गरेरै आएको जिवन हो, म्याग्दी जिल्लाबाट राजधानी पुग्न सहज थिएन,उहाँले भन्नुभयो–जति शिक्षा पाएका छौं त्यसलाई सकारात्मक सोचमा ढालेर अगाडी बढ्नुपर्दछ ।
    सोच समुहका सच्चा अभियान्ताको रुपमा रहनुभएका  सामाजिक अभियान्ता अन्तिम गुरुङले सहजिकरण गर्दै एक्लै नभई सहकार्यबाट गरिने काम सफल हुने बताउनुभयो । आफ्ना लागि मात्र सोच्यो भने गन्तव्यमा पुग्न नसकिने बताउदै उहाँले समाजको हित गर्ने कुरामा अन्य व्यक्ति समुदायलाई सिकाउदै सगसँगै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


    इन्जिनियर समेत रहनुभएकी सामाजिक अभियान्ता स्मृति बरालले सच्चा रुपमा समाजसेवाले सन्तुष्टि मिल्ने बताउनुभयो । सोचले नै मानिसको व्यक्तित्व झल्काउने हुँदा सही सोच र कर्म गर्नुपर्ने उहाँको भनाई थियो । अभियान्ता मोनिका रानाभाटले सहजिकरण गर्दै बाहिरी आवरण भन्दा भित्री सोच बिचार शुद्ध र उच्च हुनुपर्ने बताउनुभयो ।
    रामतुलसी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सचिव ओमप्रकाश बस्याल, सोच समुह युकेका संयोजक डम्मर घले लगायतले सकारात्मक सोच र जिवनको सफलताको बारेमा बिचार राख्नुभएको थियो । सकारात्मकता तर्फ उन्मुख प्रेरणादायिक सुगन्ध सोच सम्बन्धी कार्यक्रममा रामपुर नगरपालिकाका बिभिन्न बिद्यालयका उल्लेख्य विद्यार्थी, शिक्षक, राजनितिक दलका प्रतिनिधि तथा जनप्रतिनिधि सहभागी रहनुभएको थियो । विद्यार्थीले नाच तथा बिभिन्न क्रियाकलाप समेत प्रस्तुत गरेका थिए ।
    वि लभ पिपुल नेपालका सदस्य विष्णु मल्लको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई सोच समुह पाल्पाका संयोजक दिपेन्द्र भट्टराईले स्वागत र सोँच समुह पाल्पाका सदस्य वर्षा खनालले सञ्चालन गर्नुभएको थियो ।

  • १४ कार्तिक २०७८, आईतवार २१:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images