‘दीपक मनाङेलाई मन्त्री बनाउनु स्वभाविक, तर सरकार ढाल्छौं नै’
  • CIA Khabar

  • पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पेस छ । ‘कार्यसूची’अनुसार नै चलेको हुन्थ्यो भने बैशाख १५ गते नै अविश्वास प्रस्तावको छिनोफानो लागिसक्थ्यो ।

    तर, अविश्वास प्रस्तावको पक्षमा भएको भनिएको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक सम्पर्कविहीन भए । ६० सदस्यीय प्रदेशसभामा ठीक बहुमत अर्थात् ३१ मत आउने गरी अविश्वास प्रस्तावका पक्षधर एक सांसदको अनुपस्थितिले सरकार नढल्ने पक्कापक्की भयो ।

    त्यसपछि जनमोर्चा सांसद एवं प्रमुख सचेतकसमेत रहेकी पियारी थापाले ‘बेपत्ता सांसद खोजी गरिपाऊँ’ भन्दै प्रदेश सभा सचिवालयमा निवदेन दिइन् । त्यही निवेदनको आधारमा सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि संसद नै स्थगन गरिदिए ।

  • १९ बैशाख २०७८, आईतवार १९:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images