कोरोना भाइरस महामारीको ख्याल नगरी जनप्रतिनिधि हरु धर्नामा
  • CIA Khabar

  • कपिलवस्तु । कोभिड-१९ तथा कोरोना भाइरस को बढिरहेका बेला जनतालाइ घर भित्र थुनेर जनप्रतिनिधि हरु प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिन बसेका छन ।

    नेकपा एमाले नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको विरोधमा चार दलको गठबन्धनले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिएको छ । नेपाली कांग्रेस, माओवादी, जसपा र राजमोसहितको गठबन्धले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिएको छ ।
    बहुमतबिना एमाले संसदीय दलका नेता पोखरेललाई नियुक्त गरिएको भन्दै उनको शपथ रोक्न मागसहित ती दलका सांसदहरु धर्नामा बसेका हुन् । कांग्रेस प्रमुख सचेतक फकरुदीन खानले सत्ता र शक्तिको दुरुपयोग गरी एकतर्फी मुख्यमन्त्रीको नियुक्ति गरेकाले नियुक्ति बदर र शपथ रोक्न धर्नामा बसेको बताए ।

    मुख्यमन्त्रीको राजीनामापछि एमाले संसदीय दलका नेता पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम बहुमतको एकल सरकार बनाउन बहुमत सदस्यको हस्ताक्षरसहितको निवेदन पेस गरेका थिए । सोही निवेदनका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    कांग्रेस, माओवादी गठबन्धनले भने एमालेमा ४१ सदस्य नरहेकाले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन हुन नसक्ने भएकाले मुख्यमन्त्रीको नियुक्ति संविधान विपरीत भएको दाबी गरेको छ ।

  • १९ बैशाख २०७८, आईतवार १९:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images