एमाले स्थायी कमिटीद्वारा संक्रमितको उपचार र आवश्यक पूर्वाधार निर्माण गर्न सरकारलाई ध्यानाकर्षण
  • CIA Khabar

  • काठमाडौँ । आज बसेको नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ ।

    पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले कोरोना भाइरसको बढ्दो जोखिम नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

    प्रवक्त ज्ञवालीले भने, ‘बैठकले कोभिडका बिमारीहरूको उपचारका लागि आवश्यक पूर्वाधार, शैय्याहरू, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’

    ‘समग्र पार्टी पंक्तिलाई कोभिडविरुद्धको यस कठिन लडाईंमा स्वयम्सेवी रूपमा परिचालित हुन पनि बैठकले आह्वान गरेको छ ।’

  • १९ बैशाख २०७८, आईतवार १९:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images