युवा क्लबको अभियान ‘ग्रीन निसर्दी,क्लीन निसर्दी ’
  • CIA Khabar

  • पाल्पा-  पाल्पाको एक गाउको युवा क्लबले ‘ग्रीन निसर्दी, क्लीन निसर्दी ’ अभियान शुरु गरेको छ ।

    जिल्लाको रामपुर नगरपालिका-८ को निसर्दी युवा क्लबले बजारीकरण र सवारीसाधनको चाप बढे संगै ‘ग्रीन निसर्दी, क्लीन निसर्दी ’ अभियान थालेको हो । निसर्दी गाउँको बिचबाट पुर्व पश्चिम भएर कालीगण्डकी करिडोर संचालित छ । दैनिक सय बढी सवारीसाधन अहिले करिडोरमा गुड्ने गर्दछ । निर्माणाधीन कालीगण्डकी करिडोर यो खण्डमा भने निर्माण सकिएको छ, दैनिक जति गाडी गुड्यो उत्ति फोहोर र दुर्गन्ध फैलिदै जाने भएकाले अहिले नै गाउँ टोल सरसफाइ अभियानलाई जोड दिएको क्लबका अध्यक्ष प्रशान्त डोटेलले बताउनुभयो ।  मुख्य गरि करिडोर वरपरका वातावरण र गाउटोल सफा र हरियाली राख्यौ भने सुन्दरता कायम हुन्छ त्यसैले युवा क्लबको नेतृत्वमा गाउका युवाहरुले पहल थालेको उहाँले बताउनुभयो ।


    क्लबको लगानीमा करिडोरका दायाँबायाँ गाउँलाई समेट्ने गरि ७ वटा डस्टविन राखिएको क्लबका सचिव रिङ्की घर्तीले बताउनुभयो । जिल्लाकै पर्यटकीय स्थल भुजात देखि होस्दी गाउँ सम्मको बिचका स्थानमा डस्टविन राखिएको छ, घर्तीले भन्नुभयो- युवा क्लबको पहलमा गाउँका अगुवाको भेला डाकेर सरसफाइ अभियान थालेका हौं । क्लवले  सचेतना सहितको स्वागत बोर्ड समेत राखेको छ । विशेष गरि जिल्लाको व्यापारिक केन्द्र रामपुर पुग्ने र रामपुर, स्याङ्जाको दक्षिण र तनहुको दक्षिण पश्चिम क्षेत्रबाट बुटवल, तानसेन जाने-आउने यही बाटो हो ।

    क्लवका सचिव घर्तिका अनुसार गाडीको चाप बढे संगै सडक, टोल फोहोर हुने, गाउँका पसल होटेल तथा अन्य व्यापारहरु बढ्दै जादा फोहोरको डङ्गुर हुन सक्ने भन्दै स्थानीयको जिवनशैली, सुन्दरता र यात्रुहरुको सहजताको लागि अपरिहार्य बनेको डष्टविन राखिएको हो ।


    स्थानिय स्तरमा फुटबल, भलिवल र क्रिकेट जस्ता खेलमा मात्र सिमित बन्ने क्लवले सामाजिक हितको काममा लागेको वडा सदस्य गिता क्षेत्रीले बताउनुभयो । निसर्दी टोललाई सफा र हरियाली बनाउनका लागि नियमित सरसफाई कार्यक्रम गर्ने क्लबका अध्यक्ष डोटेलले बताएका छन्। क्लवले आगामी बर्खाको समयमा वृक्षारोपण कार्यक्रमलाई तिब्रता दिने जनाएको छ । क्लवले गाउँका खहरेखोला र निसर्दीघाट पुलमा स्वागतद्वार समेत राखेको छ ।

     

  • ९ पुष २०७८, शुक्रबार १५:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित

    images