प्रहरीको गाडी दुर्घटनामा परी डिएसपीसहित पाँच घाइते
  • CIA Khabar

  • रुकुम– रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकसहित पाँचजना घाइते भएका छन् ।  

    सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए । गाडीमा चालकसहित नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र श्रेष्ठ र अन्य गरी ६ जना सवार थिए ।

    सशस्त्रका डिएसपी श्रेष्ठसहित अन्य पाँचजना घाइते भएका छन् ।  घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले  जानकारी दिए । 

  • २८ श्रावण २०७९, शनिबार १४:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images