कालीगण्डकी क्षेत्रको एकीकृत विकासका लागि कालीगण्डकी विकास प्राधिकरण- प्रदेश सदस्य लामिछाने
  • CIA Khabar

  • नवलपुर-

    गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेले पर्यटकीय र धार्मिक सहिष्णुता बोकेको कालीगण्डकी नदी वारिपारीलाई समेटेर कालीगण्डकी विकास प्राधिकरण गठनमा लागेको बताउनुभएको छ । संभावना रहेको कालीगण्डकी नदी वारिपारीका उर्वर भुमि र डाडाँकाडाको एकीकृत विकासका लागि गण्डकी प्रदेश सरकार सकारात्मक रहेको बताउदै उहाँले कालीगण्डकी विकास प्राधिकरण गरेर काम अगाडी बढाउन लागेको बताउनुभएको हो ।

    नवप्रतिभा बचत तथा ऋण सहकारी संस्थाको २४ औं साधारण सभाको उद्घाटन गर्नुहुदै सांसद लामिछानेले प्राधिकरणको लागि बिज्ञको टिमले अध्ययन शुरु गरेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले अहिले जनताको आधारभुत आबश्यक जहाँ कमजोर छ त्यसमा प्राथमिकता दिएको बताउदै खानेपानी, बिद्युत्त र मोटरबाटोको पहँचलाई तिव्र रुपमा काम गरिरहेको बताउनुभयो । शुद्ध खानेपानी खान नपाउने भन्ने हुदै हुदैन सांसद लामिछानेले भन्नुभयो– नवलपुर क्षेत्रका केही खानेपानी र सिंचाईका योजना सञ्चालनमा रहेको, निर्माणाधिन अबस्थालाई तिव्र काम सम्पन्न गर्न ताकेता गरेको बताउनुभयो । आगामी ६ महिनाभित्र प्रदेशभर बिद्युत्त पुग्ने अठोटमा प्रदेश सरकार लागेको बताउनुभयो । प्रदेशको तराई जोड्ने मुख्य सडक डेढगाँउ रुचाङ्ग–कुवाकोट–झ्यालबास चोरमारा सडकखण्डको लागि केही भागमा टेण्डर समेत खुलिसकेको बताउदै अब तराई देखि पोखरा जोड्ने सहज मार्ग हुने बताउनुभयो । बौदीकालीमा उच्च शिक्षाको आबश्यकताको लागि क्याम्पस सञ्चालन गर्न छलफल अघि बढेको उहाँको भनाई थियो । डेढगाँउमा औधोगिक ग्राम परेकोले व्यक्तिगत वा सामुहिक रुपमा साना देखि ठुला लगानी गरौं र भित्र्याउ, बौदीकाली बनाउन एकजुट भएर लागौं उहाँले आह्वान गर्नुभयो ।

    गण्डकी प्रदेशका बिधायन समितिका सभापति समेत रहनुभएका सांसद लामिछानेले एक सहकारी एक सदस्यको अबधारणा ल्याएको बताउदै उन्नति हुने गरि सहकारीको उपयोग गर्न आग्रह गर्नुभयो । सहकारी ऐन सहज बनाउदै आएको बताउदै असहज भए सुझाब दिन समेत आग्रह गर्नुभयो । नेपाली काग्रेंसको गण्डक प्रदेश महामन्त्री भएपछि पहिलो पटक गाउँ आउनुभएका उहाँलाई स्थानीय नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

    उद्योग संघ नवलपुरका अध्यक्ष केबि रानाले सहकारी र सरकारी क्षेत्र मिलेर जाने हो भने आम समुदायको विकासमा टेवा पुग्ने बताउनुभयो । सहकारीले गाउँले जिवनस्तर उकास्न खेलेको भुमिकाको प्रंशसा गर्दै रानाले नवप्रतिभा सहकारीले कृषि, व्यवसाय, उद्यम र सामाजिक उत्तरदायित्वमा गरेको सहयोगले वास्तविक सहकारीको महशुस भएको बताउनुभयो ।


    बौदिकाली गाउपालिका वडा नं २ का वडा अध्यक्ष बालप्रसाद ठाडाले उद्यम विकासको लागि यस्ता संस्था जन्मिएको बताउनुभयो । शिक्षासेवी श्यामसुन्दर श्रेष्ठले सहकारीले सरकारकै स्वामित्वमा चलेका संस्थागत विद्यालयका बिद्यार्थीका लागि पनि काम गर्न आग्रह गर्नुभयो । समाजसेवी होमनाथ भट्टराईले सिर्जनशील र कर्मशिल सदस्यका सफलताका कुरा बाहिर ल्याउन आबश्यक रहेको बताउनुभयो ।
    संस्थाका अध्यक्ष चन्द्रमणी खरेलले अध्यक्षको प्रतिवेदन, कार्यकारी निर्देशक रामप्रसाद काफ्लेले संस्थाका कार्यक्रम गतिविधि सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक आय व्यय विवरण सहितको आगामी कार्यक्रम बारे जानकारी संस्थाका प्रबन्धक विमला पाठकले प्रस्तुत गर्नुभएको हो ।

    साधारण सभाका अबसरमा सहकारीले उत्कृष्ट सेयर सदस्य, वचतकर्ता, उत्कृष्ट केन्द्रलाई सम्मान गरेको छ भने जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । कार्यक्रमका पाहुनालाई मायाको चिनो प्रदान गरेको छ ।
    संस्थाले सेयर सदस्य र सेवा केन्द्रको पायक अनुसार विभिन्न स्थानमा साधारण सभा गरेको छ । ४० हजार बढी सेयर सदस्य आबद्ध यस सहकारीको मुख्य कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व मध्यबिन्दु नगरपालिका १० आरुङ्गखोलामा छ । सहकारीले लुम्बिनी प्रदेशको पाल्पा, रुपन्देही, नवलपरासी, गण्डकी प्रदेशको नवलपुर, बागमती प्रदेशको चितवन भरतपुरमा ३२ वटा सेवा केन्द्र मार्फत सेवा दिदै आएको छ ।

    गाउँका २७ जना युवाहरुको १० हजार ८ सय पुजीबाट २०५४ सालमा स्थापित सहकारीमा अहिले कुल सम्पत्ति २ अर्व ४२ करोड छ । २७ करोड ३१ लाख शेयर पुजी छ भने २ अर्ब ८ करोड ७० लाख ऋण लगानी र १ अर्ब २४ करोड बचत रहेको छ ।

  • १३ पुष २०७८, मंगलवार ०८:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित

    images