ए वर्गका निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न दिने सरकारको निर्णय
  • CIA Khabar

  • काठमाडौं । सरकारले यसअघि निजी प्रयोगशालाहरूमाथि पिसिआर परीक्षण गर्न रोक लगाएकोमा अब खुकुलो नीति अवलम्बन गरेको छ । अबदेखि ए वर्गका प्रयोगशालाहरूले पनि पिसिआर जाँच गर्न पाउने भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै न्यूनतम १०० बेड भएका अस्पतालमा आधारित रहेका पिसिआर र ए वर्गका प्रयोगशालाहरूले पिसिआर परीक्षण गराउने व्यवस्था मिलाइने भनेको छ ।

    यसअघि सरकारी अस्पताल र केही निश्चित निजी अस्पताललाई मात्र पिसिआर परीक्षणको अनुमति दिइएको थियो । सरकारको यस्तो नीतिप्रति निजी प्रयोगशालाहरूले आपत्ति जनाउँदै आएका थिए ।

    स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीका अनुसार ती प्रयोगशालाहरूले पिसिआर जाँचका लागि सातै दिन नमूना लिने व्यवस्था मिलाउनुपर्ने छ ।

  • १९ बैशाख २०७८, आईतवार १९:५६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images