होण्डाको १५ लाखको बम्पर उपहार पाल्पाकी साबित्रालाई

७ प्रदेशका ७ जनालाई १/१ लाख उपहार

  • CIA Khabar

  • पाल्पा-
    होन्डा कम्पनीले बम्पर उपहार बिजेता पाल्पा रामपुरकी साबित्रा श्रेष्ठलाई १५ लाख रुपया प्रदान गरेको छ । २०७८ को दशै तिहारमा ल्याएको बम्पर उपहारका विजेता बनेकी रामपुर ८ कि श्रेष्ठलाई होण्डा कम्पनीको रामपुर डिलरमा एक कार्यक्रम गरि चेक हस्तान्तरण गरेको हो ।

    दशै तिहार कुपन मार्फत नै ७ प्रदेशबाट भाग्यशाली ७ जनालाई १/१ लाख नगद पनि हरेक प्रदेशमा कार्यक्रम गरि बिहिबार नै हस्तान्तरण गरेको होन्डाका रिजिनल म्यानेजर राजाराम खनालले बताए । देशभरको बिक्रीबाट भाग्यशाली एक जनालाई १५ लाखको बम्पर उपहार र हरेक प्रदेशका १/१ जनालाई स्क्याच कुपनको योजना अनुसार उपहार प्रदान गरेको उनले बताए । होण्डा सोरुम एसटी आटोमोबाईल्स बाट नयाँ स्कुटर खरिद ३० हजार जनाबाट स्क्र्याच कुपनको आधारमा सावित्राले बम्पर उपहार जितेकी हुन् । उनका अनुसार योजना अन्तर्गत प्रदेश १ बाट रविना चौधरी, प्रदेश नम्बर २ बाट रामप्रकाश यादव, बागमती प्रदेशबाट अनिना मानन्धर, गण्डकी प्रदेशबाट जमुना मुडभरी, लुम्बिनी प्रदेशबाट अनप्रसाद काफ्ले, कर्णाली प्रदेशबाट तारा थापा र सुदूरपश्चिम प्रदेशबाट परशुराम थारुले नगद १ लाख रुपैयाँ उपहार प्राप्त गरेका छन् ।

    रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख विष्णु देवी घिमिरे आचार्य, होन्डाका रिजिनल म्यानेजर राजाराम खनाल, सुरज बगाले, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र ढकाल, कालीगण्डकी मल्टिटेक्निकल इष्टिच्युटका अध्यक्ष देवराज ढकाल, रोटरी क्लबका अध्यक्ष राजु प्रसाद श्रेष्ठ र एसटी आटोमोबाईल्सका सञ्चालक श्याम प्रसाद अधिकारी (गोपाल)ले संयुक्त रुपमा उपहार अन्तर्गत १५ लाखको चेक हस्तान्तरण गरेका थिए ।
    उपहार हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बिजेता साबित्रा श्रेष्ठलाई बधाई दिदै यसको प्रयोग र सावधानीको पनि उत्तिकै ध्यान दिन आग्रह गरे । होन्डाका रिजिनल म्यानेजर राजाराम खनालले दशैं तिहारको उपहार योजना अन्तर्गत देशैभर एकैदिन कार्यक्रम गरि उपहार दिएको बताए ।
    एसटी अटोमोबाईल्सका सञ्चालक श्याम प्रसाद अधिकारी (गोपाल)को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अधिकारीले बिहेमा किनेको स्कुटर लक्की रहेको बताउदै बिजेता श्रेष्ठ र परिवारमा बधाई दिदै सबै ग्राहकलाई धन्यवाद दिए । कार्यक्रमको सञ्चालन गोविन्द प्रसाद भट्टराईले गरेका थिए ।


    नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैं-तिहार स्किम ‘होन्डाको साथ ७’ ल्याएको थियो । होन्डाले यस योजना अन्तर्गत होन्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले ७ वर्षको लागि स्पेयर पार्ट्समा ७ प्रतिशत छुट र ७ वर्ष सम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन् । त्यसैगरी होन्डा बिग बाइक खरिद गर्ने सबैले ४० हजार रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गरेका छन् । होन्डाले यो योजना गत भाद्र २७ देखि मंसिर १४ सम्म लागू गरेको जनाएको छ ।

  • १६ पुष २०७८, शुक्रबार १०:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images