पोखरामा एकै दिन थप ३१४ जनामा कोरोना पुष्टि
  • CIA Khabar

  • पोखरा । पोखरामा कोरोना भाइरस संक्रमण तीव्र बृद्धि भएको छ । पछिल्लो समय दिन प्रतिदिन पोखरामा अस्वभाविक रुपमा संक्रमण बृद्धि भएको हो । आइतबार पोखरा महानगरका विभिन्न वडामा थप ३ सय १४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    पोखरामा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमित भेटिएको पहिलो पटक हो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वडा नं २ मा २७ महिला र ३५ पुरुषसहित ६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वडा नं। २१ मा १६ जना महिला र ७ पुरुषसहित २३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।

    योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ३६ पुगेको छ । त्यसमध्ये हालसम्म ८ हजार ५ सय ८८ जना निको भएका छन् । कोरोना संक्रमणबाट कास्कीमा मात्र १ सय २९ जनाको मृत्यु भएको छ ।

  • १९ बैशाख २०७८, आईतवार १९:५९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images