बिश्वासको मत लिन बैशाख २७ गते संसद अधिवेशन बोलाउने सरकारको निर्णय
  • CIA Khabar

  • काठमाडौं । सरकारले बैशाख २७ गते संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले बिश्वासको मत लिने गरी बैशाख २७ गते संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही दिन बस्ने संसद बैठकमा बिश्वासको मत लिने जानकारी गराउनु भएको एक मन्त्रीले जानकारी दिनुभयो । बैशाख २७ गते संसद बैठक बोलाउने निर्णय भएको छ, सोही बैठकमा प्रधानमन्त्रीले बिश्वासको मत लिने जानकारी गराउनु भएको छ,’ बैठकको निर्णयबारे जानकारी दिँदै ती मन्त्रीले भने ।

    नेकपा माओवादीले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा नलिए पनि सरकारबिरुद्ध अभियान चलाएपछि प्रधानमन्त्री ओलीले संसदमा बिश्वासको मत लिने निर्णय लिनुभएको हो । सरकारको विकल्पमा बहुमतसहितको अर्को समीकरण नबनेसम्म ओलीलाई दिइएको समर्थन फिर्ता नलिने योजनामा माओवादी केन्द्र रहेको छ ।

    नेपाली कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्ने उसको तयारी छ । माओवादी केन्द्रले तत्कालै सर्मथन फिर्ता नलिने बुझेपछि ओली विश्वासको मत लिन आफैं अघि सर्नुभएको हो । कांग्रेस र माओवादीले सरकारबिरुद्ध लागेपनि जसपाले निर्णय लिएको छैन । जसपामा पूर्वराजपा प्रधानमन्त्री ओलीको पक्षमा रहेको छ भने पूर्वसंघीय समाजवादी पक्ष विपक्षमा रहेको छ ।

  • १९ बैशाख २०७८, आईतवार २०:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images