जस बटलरको शतकीय पारी सङै राजस्थानको तेस्रो जित
  • CIA Khabar

  • दिल्ली । आइपिएलमा सनराइजर्स हैदरावादले अर्को हार बेहोरेको छ। अंक तालिको पुछारमा रहेको हैदरावादलाई आइतबार भएको खेलमा राजस्थान रोयल्सले ५५ रनले पराजित गर्‍यो।

    राजस्थानको यो ७ खेलमा तेस्रो जित हो भने हैदरावादले ७ मध्ये ६ खेलमा हार बेहोरिसकेको छ।

    आइतबार राजस्थानले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो।

    उसका लागि मनीष पाण्डेले ३१ रन जोड्दा जोनी वायरस्टो ३० रनमा आउट भए। कप्तान केन विलियमसन २० रन र केदार यादव १९ रनमा आउट भए।

    विलियनसनलाई डेभिड वार्नरको स्थानमा कप्तानी दिइएको थियो। वार्नर टिम पनि पर्न असफल भएका थिए।

    बलिङमा राजस्थानका क्रिस मोरिस र मुस्ताफिजुर रहमानले ३-३ विकेट लिए।

    त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा २२० रन जोड्यो। राजस्थानका लागि ओपनर जोस बटलरले शतक प्रहार गरे।

    १९औं ओभरको अन्तिम बलमा सन्दीप शर्माबाट बोल्ड हुनुअघि उनले १२४ रन जोडे। उनले ६४ बलमा खेल्दा ११ चौका र ८ छक्का हिर्काए।

    बटलरको टी-२० खेलमा यो पहिलो शतक हो। यसअघि उनले २८१ टी-२० खेल खेल्दा ४६ अर्धशतक बनाए पनि शतक प्रहार गर्न सकेका थिएनन्।

    राजस्थानका लागि बटलरसँगै कप्तान सन्जु सामसनले ३३ बलमा ४८ रन जोडे। रियान परागले ८ बलमा नटआउट १५ रन जोडे।बलिङमा हैदरावादका सन्दीप शर्मा, रासिद खान र विजय शंकरले १-१ विकेट लिए।

    अंक तालिकामा हैदरावाद २ अंक जोडेर पुछारमा छ। पाँचौ स्थानको राजस्थानको ६ अंक भएको छ।

  • १९ बैशाख २०७८, आईतवार २०:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images