काठमाडौं उपत्यकामा मात्रै ३५९५ संक्रमित
  • CIA Khabar

  • काठमाडौं । नेपालको आजको कुल संक्रमितमध्ये ३ हजार ५ सय ९५ जना काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    एस एन एन लाइ प्राप्त जानकारि अनुसार १६ हजार ७ सय ७० जनाको परीक्षण गर्दा ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको छ।

    १६ हजार १ सय ४७ जनाको पिसिआर गर्दा ७ हजार १ सय ३७ जना र ६२३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो। कुल संक्रमितमध्ये हाल ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्। हाल ६७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा १ हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

  • १९ बैशाख २०७८, आईतवार २०:४९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images