सेती अस्पतालमा अक्सिजन अभाव, पूर्व स्वास्थ्यमन्त्रीले पनि पाएनन् अक्सिजन
  • CIA Khabar

  • टीकापुर । कोरोना संक्रमित भएर उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीले अक्सिजन पाएनन्।

    अस्पतालले अक्सिजन नभएको बताएपछि चार दिनअघि उनी आफैंले टीकापुरबाट किनेर ल्याएका थिए। उनीसँगै श्रीमती पनि कोरोना संक्रमित भएपछि थप अक्सिजन आवश्यक पर्दा आइतबार उनले धनगढीकै एक निजी अस्पतालबाट सिलिण्डर किनेर अस्पताल लगिएकोजानकारी दिए।

    ‘चार दिनअघि टीकापुरबाट ल्याएँ, आज फेरि धनगढीमै १० हजार रूपैयाँ धरौटी राखेर किन्नुपर्‍यो,’ उनले भने, ‘ग्यास सकिएपछि सिलिण्डर फिर्ता गर्नुपर्नेछ। ग्यासको मात्रै कति रूपैयाँ पर्छ थाहा छैन।’

    पैसा हुनेले किन्न सके पनि नहुनेले ज्यान गुमाउनु परेको उनले बताए।

    िसेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिण्डर अभाव भएपछि विरामी आफैंले अन्यत्रबाट किन्नु परिरहेको छ।

    ‘कोभिड वार्डमा अक्सिजन सिलिण्डर अभाव छ। किनेर काम चलाएका छौं। प्रशासनले उपलब्ध गराउन सकेको छैन। ध्यान नै दिएको छैन। बेड थपिएको छैन। म आउँदा मान्छेहरू भुइँमा सुतेका थिए। म पनि भुइँमै सुते बल्ल आज बेड मिलाएँ, नत्र दुई दिन भुइँमै सुतेँ,’ उनले भने।

    कोरोना बिरामीलाई चाहिने अक्सिजन अभाव हुँदा संक्रमितले थप पीडा भोग्नु परेको छ।

    सेती प्रादेशिक अस्पतालको आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट छ। तर अस्पतालमा जम्मा ५७ सिलिण्डर मात्र छन्।

    ‘५० वटा खरिद प्रकृया अगाडि बढाएर ३५ आइसके, १५ आउन बाँकी छ,’ प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भने, ‘अहिले अस्पतालमा ९२ वटा सिलिण्डर पुगेका छन्।’

    अहिले प्लान्ट रातदिन चलिरहेको छ। लगातार तातेर २४ घण्टामा ७५ सिलिण्डर भर्ने क्षमता रहेको प्लान्टले मात्रै ५५ सिलिण्डर भर्न सकेको छ।

    ‘तातेर क्षमता अनुसार उत्पादन गर्न सकेको छैन, माग लगातार भएकाले मेसिन चलिरहन्छ,’ उनले भने, ‘अस्पतालले खाली भएका सिलिण्डर पुनस् भर्दै प्रयोग गरिरहेको छ।’

    संक्रमितले अक्सिजन नपाएको विषयमा उनले सिलिण्डर भर्न पठाएका बेला नपाइएको हुनसक्ने दावी गरे। उनले अस्पतालले अक्सिजन भर्न आवश्यक पर्ने सिलिण्डर सहयोगका लागि अपिल गरेको छ।

    एक सूचना जारी गर्दै अस्पतालले आफूसँग भएका खाली सिलिण्डरक र सहयोग गरिदिन आग्रहसमेत गरेको छ।

    अहिले सेती प्रादेशिक अस्पतालको कोभिड वार्डमा दैनिक १४० सिलिण्डर अक्सिजन खपत भइरहेको छ।

  • १९ बैशाख २०७८, आईतवार २०:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images