ढिलै भएतापनि तिम्रो सवारी भयो
  • लेख कार्की

  • ढिलै भएतापनि तिम्रो सवारी भयो
    फर्केर हेरिदियौ यो मन आभारी भयो

    हान्यो मुटुमा तीर र गर्यो बेवास्ता फेरि
    किन एक्कासि नजर आतंककारी भयो

    हुर्काउने हुँदा तिम्रो दिलमा प्रितीको वृक्ष
    आफ्नै करेसाबारी बनमाराघारी भयो ।

    खै के हो विश्वास भन्नू गर्नुपर्ने हो कसलाई
    ठानेथें जसलाई सेवक ऊ कालोबजारी भयो

    क्या पार्दो रहेछ असर ! कसैको यादले पनि
    मस्तिष्क जोगी भयो मन ब्रह्मचारी भयो ।

  • १९ बैशाख २०७८, आईतवार २२:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images