पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण, होम आइसोलेसनमा आराम गर्दै
  • CIA Khabar

  • काठमाडौं । पर्यटनमन्त्री भानुभक्त ढकाल र उहाँकी पत्नी इन्दिरा फुयाँल ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालले सामाजिक संजालमार्फत आफू र पत्नी इन्दिरालाई नै कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

    आज गरिएको परीक्षणमा नतिजा पजेटिभ देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । कोरोना संक्रमणपछि अहिले मन्त्री निवास पुल्चोकमा आराम गरिरहेको जानकारीसमेत मन्त्री ढकालले दिनुभएको छ । उहाँले आफूहरुसँग सम्पर्कमा आएकालाई सावधानी अपनाउन समेत आग्रह गर्नुभएको छ ।

  • १९ बैशाख २०७८, आईतवार २२:४५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images