विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान
  • CIA Khabar

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनको लागि वैशाख २७ गते सोमबार अपरान्ह १ बजे बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तमा जनाइएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले बिश्वासको मत लिने प्रयोजनका लागि बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो । बैठकको निर्णयलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेटन शीतलनिवास जानुभएको थियो  ।

    प्रधानमन्त्री ओलीले निर्णयसहितको सिफारिश गर्नुभएपछि राष्ट्रपति भण्डारीले बिश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको हो ।

  • १९ बैशाख २०७८, आईतवार २२:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images