पञ्जाब किंग्सलाई ७ विकेटले हराउँदै दिल्ली क्यापिटल्स टेबल टपमा
  • CIA Khabar

  • भारत । पञ्जाब किंग्सलाई ७ विकेटले हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ।

    भारतमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलअन्तर्गत आइतबार राति अहमदावादमा भएको खेलमा पञ्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७।४ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो।

    उसका लागि शिखर धवनले अर्धशतकीय पारी खेले। उनले ४७ बलमा ६ चौका र दुई छक्कासहित अविजित ६८ रन बनाए।

    त्यस्तै अर्का ओपनर पृथ्वी शाले ३९, स्टिभ स्मिथले २५, शिमरोन हेटमायरले नटआउट १६ र कप्तान ऋषभ पन्तले १४ रनको योगदान दिए ।

    बलिङमा क्रिस जोर्डन, हरप्रीत ब्रार र रिले मेरिडीथले एकरएक विकेट लिए ।

    त्यसअघि, नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनायो ।

    उसका लागि कप्तान मयंक अग्रवालले उत्कृष्ट पारी खेले। ५८ बल खेलेका उनले आठ चौका र चार छक्कासहित अविजित ९९ रन बनाए।

    केएल राहुल अस्वस्थताका कारण अस्पताल भर्ना भएपछि मयंकले आज पञ्जाबको कप्तानी पाएका हुन् ।

    त्यस्तै, दिल्लीविरुद्ध डेविड मलानले २६, क्रिस गेलले १३ र प्रभसिमरण सिंहले १२ रन बनाए ।

    बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

    बलिङमा कागिसो रबाडाले तीन, अक्षर पटेल र आवेश खानले एकरएक विकेट लिए ।

    आजको जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ८ म्याच खेल्दा ६ मा जित र दुई खेलमा मात्र हारको सामना गरेको छ। यस्तै एक खेल कम खेलेको चेन्नई दोस्रो स्थानमा झरेको छ भने समान खेलबाट समान अंक जोडेको रोयल च्यालेन्ज बैंलोर १० अंकसहित तेस्रो स्थानमा यथावत छ।

    पराजित किङ्स पञ्जाव ६ अंकसहित छैठौं स्थानमा झरेको छ।

  • १९ बैशाख २०७८, आईतवार २३:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images