पहाडी जिल्ला पाल्पा कोरोना संक्रमणको उच्च जोखिममा
  • CIA Khabar

  •    पाल्पा
                 पहाडी जिल्ला पाल्पा कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । पछिल्लो १२ घण्टामा जिल्लामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भने संक्रमितको संख्या तिब्र रुपमा फैलदैछ ।
    नेपाल सरकारले तोकेको १७ जिल्ला उच्च जोखिमको रेकर्डबाटै पाल्पा पनि परेको थियो । अहिले उच्च जोखिमका अरु जिल्ला पनि थपिएका छन् । उच्च जोखिम जिल्लाको रुपमा सरकारले पाल्पालाई लिदै आएको छ ।
             सोही अनुसार बिगत ४ दिन यता जिल्लामा निषेधाज्ञा जारी छ । जिल्लामा संक्रमितको संख्या र मृत्यु हुनेको संख्या बढ्दै जादा त्रास बढेको छ भने निषेधाज्ञा जारी भएपनि बजार भन्दा बाहिरका भित्री सडकमा मोटरसाइकलहरु चलिरहेका छन् । मानिसको आवतजावतले संक्रमण अझ फैलने डर छ ।
                कोरोनाको कारण सोमबार बिहान निधन हुनेमा रामपुर नगरपालिका १० गेझाका ५७ बर्षका पुरुष छन् । उनी मिसन अस्पताल तानसेनमा उपचार गराएर आइतबार मात्र घर फर्केका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । आइतबार बेलुकी सवा ४ बजे रम्भा ३ पिपलडाडाका ७८ वर्षीय पुरुषको मिसन अस्पताल मृत्यु भको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो। तानसेनको मिसन अस्पतालमा दुबैले उपचार गराएका थिए । जिल्लामा हालसम्म २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म अस्पताल, होम आइसोलेशनमा गरि ४ सय ३६ जना सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।  
            आइतबार २४ जनामा देखिएको कोरोनाको यो तथ्यांक चेकजाचको ७५ प्रतिशत भन्दा बढी हो । कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या जिल्लामा ४२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।

  • २० बैशाख २०७८, सोमबार १२:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images