मुख्यमन्त्रीका स्वकीय सचिव शाहीलाई कालिकोट एमालेको स्पष्टीकरण स् माओवादी केन्द्रको मतियार किन बनेको?
  • CIA Khabar

  • सुर्खेत । नेकपा एमाले कालिकोटले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सुब्बा सरहका स्वकीय सचिव एवम एमाले कालिकोटका जिल्ला कमिटि सदस्य रविन्द्र शाहीलाई स्पष्टीकरण सोधेको छ ।

    माओवादी केन्द्रको मतियार किन बनेको भन्दै शाहीलाई स्पष्टीकरण सोधेको हो ।

    एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही ‘नेशनल’ले सात दिन भित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएका छन् ।

    कालिकोटका रविन्द्र शाही नेपाल पक्षका कार्यकर्ता हुन । उनलाई मुख्यमन्त्री शाहीले नेकपा रहिरहेको अवस्थामा सुब्बा सरहको स्वकीय सचिवमा नियुक्त गरेका थिए ।

    ‘विगतमा जे भयो त्यसलाई अब दोहोर्‍याउन हुँदैन । पार्टी संगठनमा लाग्न आवश्यक छ । माओवादी केन्द्रको मतियार बन्न एमालेका जिल्ला स्तरका नेता कार्यकर्तालाई छुट छैन ।’ नगिन्द्र शाही भन्छन्, ‘चित्त बुझ्दो जवाफ सात दिन भित्र नआए आवश्यक प्रक्रियामा हामी जान्छौं ।’

  • २० बैशाख २०७८, सोमबार ०७:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images