पुनर्गठित लुम्बिनी प्रदेश सरकारको रामौ कदम : कोरोना उपचार कोषमा १० करोड
  • CIA Khabar

  • बुटवल । पुनर्गठित लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद पहिलो बैठकले कोरोना उपचार कोषमा १० करोड रुपैया थप गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेशका ४ वटा कोरोना अस्पतालमा जनशक्ति दरवन्दी थप गर्ने निर्णय समेत गरेको छ ।

    बैठकले भैरहवास्थित भीम अस्पतालमा ७१ जना, बेलझुण्डीस्थित राप्ती कोरोना विशेष अस्पतालमा १७१ जना, लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १८९ जना र भेरी अस्पताल नेपालगञ्जमा १५२ जना गरी जम्मा ५८३ जनाको अस्थायी दरबन्दी समेत स्वीकृत गरेको छ ।

    बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले कोरोना उपचार कोषमा १० करोड र अस्पतालहरुमा अस्थायी दरबन्दी थप्ने भएको निर्णय एस एन एन नेपाल लाइ जानकारी दिए ।

  • २० बैशाख २०७८, सोमबार ०८:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images