मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित
  • CIA Khabar

  • काठमाडौँ । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।

    आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ गोलले पराजित गरेको हो ।

    भ्यालेन्सियाको मैदानमा बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।

    बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । एन्टोनियो ग्रीजम्यानको नाममा एक गोल रह्यो ।

    भ्यालेन्सियाका गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक एक गोल फर्काए ।

    जितसँगै बार्सिलोनाले ३४ खेलमा ७४ अंक जोडेको छ । बार्सिलोना तेस्रो स्थानमा रहेको छ । भ्यालेन्सिया ३६ अंकसहित १४औं स्थानमा रहेको छ ।

  • २० बैशाख २०७८, सोमबार ०९:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images