पूर्वरानी शाहको स्वास्थ्यमा क्रमिक सुधार
  • CIA Khabar

  • काठमाडौं । कोरोना संक्रमित भएर नर्भिक अस्पतालमा उपचार गराइरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ ।

    आईसीयूमा उपचाररत शाहको बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । नर्भिक इन्टरनेशनल अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै पूर्वरानी शाहलाई अक्सिजनको हाईफ्लो सपोर्टमा राखेर उपचार गरिरहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ ।

    कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र पूर्वराजकुमारी प्रेरणा शाहलाई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

    पूर्वराजा शाह र पूर्वराजकुमारी प्रेरणाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

  • २० बैशाख २०७८, सोमबार ०९:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images