करणी कसूरका दोषी १० वर्षपछि प्रहरी फन्दामा
  • CIA Khabar

  • संखुवासभा । जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका एकजना फरार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भएका गणेशबहादुर अधिकारी भन्ने लेकबहादुर अधिकारीलाई घटना भएको १० वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

    संखुवासभाको चैनपुर नगरपालिका १० का ४३ वर्षीय अधिकारीलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले सुनसरीको खनारबाट पक्राउ गरी बैशाख १७ गते चैनपुर ल्याएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले जानकारी दिए ।

    उनका अनुसार जिल्ला अदालत संखुवासभाले १३ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा २०७२ साल माघ १८ गते अधिकारीलाई १२ वर्ष कैद सजाय तोकेको थियो । अधिकारी २०६८ साल माघ १२ गते १३ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।

    १० वर्षदेखि फरार रहँदै आएका अधिकारीलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको भनिएको छ । जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका डिएसपी नवराज मल्लका अनुसार १७ गते पक्राउ गरिएका अधिकारीलाई १९ बैशाखमा अदालत पेश गरेर कारागार चलान गरिएको छ ।

  • २० बैशाख २०७८, सोमबार ०९:५४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images