प्रहरी चौकी बनाउन १ रोपनी जग्गा सहयोग
  • CIA Khabar

  • काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–१ मा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीय थलमान माझीका ८ भाइले जग्गा दिएका छन् । लुभुघाट प्रहरी चौकीको भवन बनाउन थलमानसहित ८ भाईले १ रोपनी जग्गा सहयोग गरेका हुन् ।

    आइतबार मालपोत कार्यालय रामेछापबाट प्रहरी चौकीको नाममा जग्गा रजिष्ट्रेशन पास गरिएको प्रहरी चौकी लुभघाटका प्रहरी सहायक निरिक्षक केदारबावु कार्कीले बताए ।

    थलमानसहित मोहन कुमार माझी, खड्क बहादुर माझी, पुर्ण बहादुर माझी, धनबीर माझी, वीर बहादुर र शिर बहादुरसहित ८ भाईले सो जग्गा दान गरेका हुन् ।

    दिवंगत बावुआमा डण्डे माझी, फुलमाया माझी र कृष्णमाया माझीको संझनामा जग्गा दान गरेको माझी परिवारले बताएका छन् । माझी परिवारले जग्गाको लालपुर्जा जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानालाई हस्तान्तरण गरेका छन् ।

    लुभुघाटस्थित माझी बस्तीसँगै रहेको जग्गा खाँडोदेवी गाउँपालिकाले सम्याइदिने भएको छ । आगामी साउनमा बजेटको व्यवस्थापन गरेर भवन निर्माण शुरु गरिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    सुनापती र खाँडादेवी गाउँपालिकाको ठूलो क्षेत्रमा शान्ति सुरक्षा हेर्ने जिम्मा पाएको लुभुघाट चौकी वर्षौंदेखि भवन विहिन छ ।

  • २० बैशाख २०७८, सोमबार १०:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images