साईप्रसमा रहेका नेपालीको समस्या चाडै समाधान हुने श्रम मन्त्री चौधरीको अश्वासन
  • CIA Khabar

  • साईप्रस । युरोपियन देश साईप्रसमा रहेका नेपालीहरुको समास्या छिट्टै समाधान गरिने श्रम ,रोजगार तथा समाजिक मन्त्री गौरीशंकर चौधरीले आश्वासन दिएका छन् । प्रवासी नेपाली मन्च ओली पक्षले आयोजना गरेको १३२ औं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा भर्चुअल शुभकामना आदान-प्रदान कार्यक्रममा मन्त्री चौधरीले साइप्रसमा रहेका श्रमिकहरुको समस्याहरु चाँडोभन्दा चाँडो समाधान हुने बताएका थिए ।

    मन्त्री चौधरीले सरकारले साइप्रस सरकारसँग कसरी समन्वय गरेर अगाडी बढ्न सकिन्छ भन्ने बारे मन्त्रालयको समितिसँग छलफल गरेर साइप्रस भ्रमण समेत गर्ने बताए ।

    साईप्रसमा रहेका नेपालीहरुको अप्ठ्यारा समस्या, कठिनाइ , स्वदेशबाट आउँदा विभिन्न बहानामा ठगिएको, काम गर्दाको समस्यालाई हल गर्नका लागि आफूले परराष्ट्र मन्त्रालय , राजदूत , सम्बन्धित देशसँग छलफल गरिरहेको बताए ।

    साईप्रसका बारेमा नेपालको मन्त्रालयमा रहेको विभागहरूसँग समस्या समाधानका लागि कहाँसम्म छलफलहरु पुग्यो ? के भैरहेको छ ? आदिको विषयमा बुझेर कार्यान्वयन गर्दै आफु अगाडि बढने मन्त्री चौधरीले बताए ।

    विदेशमा रहेका श्रमिकहरुलाई स्वदेश फर्केपछि कसरी रोजगारी प्रदान गर्न सकिन्छ भन्ने बारेमा सरकारको पहिलो प्राथमिकता रहेको भन्दै बाध्यताले गर्दा विदेश गइरहेका नेपाली युवाहरुका लागि जिटुजी मार्फत पठाउन मन्त्रालय प्रक्रिया अगाडि बढाएको उनले बताए ।

  • २० बैशाख २०७८, सोमबार १०:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images