यति एअरलाइन्सको आजको उडान यथावत
  • CIA Khabar

  • काठमाडौ । यति एयरलाइन्स र तारा एअरले आजको लागि पूर्वनिर्धारित सम्पूर्ण उडानहरु यथावत रहेको जनाएको छ ।

    यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरु बीचको छलफल पश्चात उडान सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्ने गरि प्रत्येक २० मिनेटमा एउटा उडान को कोटा तय गर्दा यतीले १० वटा उडान गर्ने कोटा पाएको थियो ।

    हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार राति १२ बजे पश्चात आन्तरिक उडान बन्द गर्ने निर्णय गरेपछि यात्रुहरूको सुविधालाई ध्यानमा राखि आज निर्धारित सम्पूर्ण उडान तालिका यथावत रहेको यती एअरलाइन्सले जनाएको छ ।

    साथै, उडानका लागि समयमा नै सम्पर्क गर्न यति एयरलाइन्सले यात्रुहरुलाई आव्हान गरेको छ ।

    यति एअरलान्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार भोलिदेखि सम्पूर्ण उडानहरु बन्द हुने भएपछि यात्रुहरूबाट आज उडान भर्ने माग बढेकोले यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै उडान सुरक्षा र स्वास्थ्य मापदण्डलाई अनुसार सम्पूर्ण उडानहरु यथावत गरेको हो ।

    कोटा प्रणाली अनुसारको उडान तालिकामा कतिपय गन्तव्यका हाम्रा उडानहरु बन्द गर्नुपरेको थियो । आजका सम्पूर्ण उडान यथावत रहनेछु, बर्तौलाले भने ।

  • २० बैशाख २०७८, सोमबार १०:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images