कर्णाली सरकारद्वारा अक्सिजनसहितका बेडको व्यवस्था गर्ने निर्णय
  • CIA Khabar

  • सुर्खेत । कोभिड–१९ का बिरामीको चाप दिनप्रतिदिन बढिरहेकाले कर्णाली प्रदेश अस्पतालमा थप ५ सय बेड तयार गरिने भएको छ । आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।

    तत्कालका लागि अक्सिजनसहितका सय बेड तयार गरिने छ । जसका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयका, आर्थिक मन्त्रालयका सचिव तथा प्रमुख जिल्ला अधिकारीले कार्यान्वयन गर्ने गराउने छन् ।

    साथै आवश्यक बजेटको व्यवस्था गरी ३ सय बेड तयारीको लागि प्रिफ्यावको हल बनाउन नेपाली सेनाको आवश्यक सहयोग लिइने छ । जुम्लामा आवश्यक व्यवस्थासहितको बेड भएकाले कालिकोट, दैलेख, रुकुम पश्चिम, जाजरकोट र सल्यानका अस्पतालहरुमा अक्सिजनसहित सय सय बेड र बाँकी अन्य जिल्लामा पनि सोही बमोजिम ५० बेड तयार गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

  • २० बैशाख २०७८, सोमबार १०:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images