काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण
  • CIA Khabar

  • काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

    शर्मा ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुका स्वाब दिँदा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन् ।

    ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ । बिहानीपख रिपोर्ट आयो–पोजेटिभ । टेकुका डाक्टर मित्र अनुप बास्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ ।’, उनले लेखेका छन् ।

    शर्माले सबैलाई सजग बन्न आग्रह गरेका छन् ।

  • २० बैशाख २०७८, सोमबार १०:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images