उडानसेवा बन्द ,सिमा नाका कहिलेवाट हुन्छ बन्द ?
  • CIA Khabar

  • काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार रातिदेखि आन्तरिक र बुधबार मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । सबै खालका उडान हाललाई वैशाख मसान्तसम्म बन्द हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ ।यसअघि आइतबार नै आन्तरिक उडान कटौती गरिएको थियो ।सरकारले निषेधाज्ञा गरेसँगै सडक यातायात भने बन्द गर्ने निर्णय गरेको थियो । तर हवाइ यातायात खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध भइरहेको थियो । सीसीएमसीले हवाई उडान पनि बन्द गर्न सिफारिस गरेको थियो ।

    यता सिमा नाका कतिपय जिल्ला प्रशासनले रोक लगाएपनि संघिय सरकारले सिमानाका सिल गर्ने निर्णय अझ सम्म गरेको छैन । जसका कारण भारतीय सिमावाट आव जावत खुला रहदा ठूलो संख्यामा संक्रमण बढ्ने क्रम तराईका जिल्लामा तीव्र हुदै गएको छ । यो कहिलेवाट रोक्ने सरकारले छिटो निर्णय गर्नु आवश्यक छ ।

  • २० बैशाख २०७८, सोमबार १०:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images