कपिलवस्तुमा निशेधाज्ञासंगै कृष्णनगर वाहेकका भन्सार नाका शील
  • बिकास भुसाल

  • कपिलवस्तु  । कपिलवस्तु प्रशासनले जारी गरेको निशेधाज्ञा आदेशमा भारतवाट नेपाल प्रबेश गर्ने कृष्णनगरनाका मात्र सूचारु हुने वताइएकोछ । यो संगै भारतीय वजारवाट धेरैजसो कृषि उपजको ढुवानी हुने सुठौली भन्सार नाका बन्द भएको छ । यता जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिले कपिलवस्तुमा बैशाख २१ देखी ३१ गते सम्म निषेधाज्ञा जारी गर्ने निणय गरेको थियो , समितिको आइतवार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले बताउनु भयो ।

    अती आवश्यक सामाग्री किनमेलका लागि बिहान ९ बजे देखी दिउसो १ बजे सम्म पसल सञ्चालन गर्न दिने भएको छ ।निषेधाज्ञा जारी भएपछि जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारी साधन चल्न समेत वन्देज लगाइएको छ । कपिलवस्तुमा संक्रमितको संख्या निरन्तर बढ्दै ५ सय बढी पुगेको छ ।

    आइतवारमात्र २५० संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनु भयो ।

  • २० बैशाख २०७८, सोमबार ११:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images