बुटवलमा उपचाररत ६ जना संक्रमितको मृत्यु
  • गोकर्ण पाण्डे

  • रुपन्देही । रुपन्देहीमा उपचाररत ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ जनाको मृत्यु भएको हो।

    सूचना अधिकारी डा विष्णु गौतमका अनुसार रुपन्देही बुटवल ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ का ६१ वर्षीय पुरुष, बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

    यस्तै धातिवाङ अर्घाखाँचीका ७५ वर्षीय पुरुष, शिवराज ७ कपिलवस्तुका ४३ वर्षीय पुरुष र शारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

  • २० बैशाख २०७८, सोमबार ११:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images