आजदेखि २५ प्रतिशत कर्मचारीबाट बैङ्किङ सेवा
  • CIA Khabar

  • काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ ।

    कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि नियामक निकाय नेपाल राष्ट्र बैङ्कले आइतबार निर्देशन जारी गर्दै केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीमार्फत सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

    राष्ट्र बैङ्कले विभिन्न निकायबाट जारी भएकारहुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैङ्किङ सेवा प्रदान गर्न पनि निर्देशन दिएको छ । निषेधाज्ञाको समयमा पनि बैङ्किङ सेवा अत्यावश्यकीय भएको र सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने भएकाले कर्मचारीको उपस्थिति थोरैभन्दा थोरैमा सेवा प्रदान गर्न राष्ट्र बैङ्कले मातहतका वाणिज्य बैङ्क, विकास बैङ्क, फाइनान्स तथा माइक्रोफाइनान्स कम्पनीलाई निर्देशन दिएको हो ।

  • २० बैशाख २०७८, सोमबार ११:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images