हात्ती प्रजनन् केन्द्रकी नारायणकलीले जन्माइन् छावा
  • CIA Khabar

  • चितवन । चितवन राष्ट्रिय निकुञ्‍जको सौराहास्थित हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नारायणकली नामको हात्तीले छावा जन्माएकी छिन् ।

    गएराति नारायणकलीले छावाको जन्माएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । सुत्केरी हात्ती र भाले बच्चा स्वस्थ स्फूर्त रहेको अधिकारीले बताए । प्रजनन् केन्द्रमा चालू आर्थिक वर्षमा जन्मिएको हात्तीको यो दोस्रो छावा हो । सुत्केरी हात्तीको स्याहारका लागि तीनजना हात्तिसार कर्मचारी खटाइएको छ ।

    नारायणीकली हात्ती निकुन्जकै बगई माडी सेक्टर कार्यालय माडीमा खटिएको बेला गर्भवती भएको कारण कामकाज फिर्ता गरी खोरसोर प्रजनन् केन्द्रमा राखेर स्याहार सुसार गरिएको थियो । नारायणीकलीले यसअघि माडी गज र लक्की गज नामका दुइ हात्तीलाई जन्माइसकेकी छिन् ।

    दुवै हात्ती गैंडा गणनामा समेत सहभागी थिए । खोरसोरमा यो नवजात छावा हात्तीसँगै १० वटा हात्ती छावा पुगेका छन् । साथै निकुञ्‍जमा चितवनका ५१ वटा र ६ कोशी टप्पु वन्यजन्तु आरक्षबाट कामकाजमा खटिएका गरी जम्मा ५७ वटा हात्ती पुगेका छन् ।

  • २० बैशाख २०७८, सोमबार ११:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images