सेती प्रादेशिक अस्पतालमा थप चारजना संक्रमितको मृत्यु
  • CIA Khabar

  • धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    प्रादेशिक अस्पतालको इमरजेन्सी वार्ड र कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीका दुई, कञ्चनपुरका एक र ठेगाना नखुलेका एक जनाको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

    बैशाख १९ गते अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भएकी कैलालीको लम्कीचुहा नगरपालिका १० की ३५ वर्षीया संक्रमित महिलाको सोमबार बिहान मृत्यु भएको श्रेष्ठले बताए । इमरजेन्सी वार्डमै उपचाररत ३८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएपनि उनको ठेगाना भने खुलेको छैन।

    यस्तै प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा बैशाख १५ गतेदेखि उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका ७ का ५२ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ४३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

    सूचना अधिकारी श्रेष्ठले भीमदत्त नगरपालिकाका संक्रमित पुरषको भेन्टिलेटर र धनगढीका संक्रमितको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

  • २० बैशाख २०७८, सोमबार ११:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images