हेटौंडा अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु
  • CIA Khabar

  • हेटौंडा । हेटौंडा अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको २४ घण्टा नबित्दै मृत्यु भएको छ ।

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा-१ का ५५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको थियो भने सोमबार थप एक पुरुषको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा बारा जिल्लाको अम्लेखगञ्ज निवासी ४६ वर्षीय पुरुष रहेको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविन श्रेष्ठले बताए ।

    कोरोना संक्रमित ४६ वर्षीय पुरुषलाई आइतबार बेलुका १२ बजे हेटौंडा अस्पताल उपचारको लागि ल्याइएको थियो । श्वास प्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारत सोमबार विहान ८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • २० बैशाख २०७८, सोमबार ११:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images