कोरोना संक्रमण बढेछि जनगणना स्थगित
  • CIA Khabar

  • काठमाडौं । केन्द्रीय तथ्यांक विभागले वैशाख २६ गतेदेखि गर्ने भनेको पहिलो चरणको जनगणनाको कार्यक्रम हालका लागि स्थगित गरेको छ ।

    कोरोना संक्रमण बढेपछि १२औं जनगणनाको पहिलो चरण तत्कालका लागि स्थगित भएको हो ।

    राष्ट्रिय योजना आयोगका अनुसार कोरोना संक्रमणका कारण मन्त्रिपरिषदबाट जनगणना अगाडि नबढाउने निर्णय भएपछि हाललाई स्थगित गरिएको हो ।

    सरकारले स्थगित गर्ने निर्णय गरे पनि आधिकारिक पत्र भने नआइसकेको आयोगले जनाएको छ ।

    संक्रमण दिनानुदिन बढ्दै गएपछि गणकहरुलाई कार्यस्थलमा खटाउन समस्या हुने भएका कारण अर्को सूचना जारी नभइञ्जेलसम्मका लागि गणना स्थगित गरिएको छ ।

    नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिएको छ ।

    ‘मेरो गणनाः मेरो सहभागिता’नाराका साथ यस वर्ष केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक नियुक्त गरेको थियो ।

  • २० बैशाख २०७८, सोमबार १२:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images